हङकङविरुद्धको सहज जितसँगै नेपाल सेमिफाइनलमा

हङकङविरुद्धको सहज जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२।२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।