नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, सोमपाललाई विश्राम

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, सोमपाललाई विश्राम

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।
नेपाल र साउदी अरबको खेल ८-८ ओभरको हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा सुरु हुनेछ ।

नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई आज विश्राम दिएको छ । उनको स्थानमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सी खेलेका छन् ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।

बेन्च:अनिल शाह, सोमपाल कामी र विवेक यादव ।