सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख नाजिर मियाँले बिहीबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सोडारीलाई बिहीबारै एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका थिए । नाउपका रेशम चौधरी पक्षका सांसदले भने सोडारीलाई समर्थन नरहेको जनाएका छन् । 

सोडारीले कांग्रेसका कमल शाहलाई विस्थापित गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री सोडारीले पद तथा गोपनीयताको शपथ पनि आजै लिएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ ग्रहण गराएका हुन् ।