स्कुलमा गोली चलाएर ‘प्रख्यात’ हुने योजना बनाउने विद्यार्थी पक्राउ

स्कुलमा गोली चलाएर ‘प्रख्यात’ हुने योजना बनाउने विद्यार्थी पक्राउ

वाशिङ्टन । स्कुलमा गोली चलाएर ‘प्रख्यात’ हुने योजना बनाएका विद्यार्थी पक्राउ परेका छन् । उनले स्कुलमा गोली चलाएर ‘प्रख्यात’ हुने बनाएको योजना फेला पारेपछि प्रहरीले गिरफ्तार गरेको हो । 

मेरिल्याण्ड स्कूलका विद्यार्थीले सो सम्बन्धमा तयार पारेको १२९ पेज लामो डकुमेन्टको आधारमा प्रहरीले उनलाई गिरफ्तार गरेको जनाएको छ ।

मोन्टगोमेरी काउन्टी प्रहरी विभागले जनाएअनुसार १८ वर्षीय एलेक्स येले लेखेको सो डकुमेन्ट फेला पारेपछि उनलाई गिरफ्तार गरिएको हो । सो डकुमेन्ट येले इन्स्ट्राग्राममार्फत् एक अज्ञात व्यक्तिलाई पठाएका थिए । जसमा उनले स्कुमा गोली चलाउनु अनिवार्य भएको उल्लेख गरेका प्रहरीको दाबी छ ।

उनले त्यस डकुमेन्टमा स्कुलमा आक्रमण गरी आफू प्रख्यात हुन चाहेको उल्लेख गरेका छन् ।