सांसद हसिना खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण

सांसद हसिना खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले शुक्रबार शपथ गराएका हुन् ।

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो ।