कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ बसन्तटोल, धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट र धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५९ हजार ९ सय मूल्यको सामान बरामद गरेको हो।

उक्त मूल्य बराबरको प्याज, चिनी, प्लाष्टिक झिल्ली, जिरा, लेडिज सुट लगायतका सामान शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ''घ'' गाँउबाट ३२ हजार मूल्यको प्याज, चिनी, सुर्ती, मिठाई, सुपारी, प्लाष्टिक डोरी, लगायतका सामान शुक्रवार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।