तामाकोशीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता

तामाकोशीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका ८ टुयिनटारनजिकै तामाकोशी नदीमा नुहाउने क्रममा २ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ रहेका छन् ।

पौडी खेल्ने क्रममा दुवै जना नफर्केपछि मेलामा आएकाहरूले प्रहरीलाई खबर गरेका थिए । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।