टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । मकवानपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
पिपलबोटस्थित पूर्व–पश्चिम सडकखण्डमा कर्रातर्फबाट आउँदै गरेको बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ६८५४ नम्बरको टिपरले शनिबार हैटौँडा उपमहानगरपालिका–१० मा ठक्कर दिएको थियो । 

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङ बस्ने ५५ वर्षीय भीमबहादुर बिडारी छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।