कञ्चनपुरमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

कञ्चनपुरमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा ट्र्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका-५ मैनाहास्थित कलुवापुर बेलौरी सडकखण्डमा से २ त २२५४ नम्बरको पानी ट्याङ्की जडित ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो ।

शनिवार राति भएको सो दुर्घटनामा चालक लालझाडी गाउँपालिका-६ चान्देउ बस्ने अन्दाजी ३५ वर्षीय सुरेश चौधरीको ट्र्याक्टरमुनि च्यापिई घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ट्र्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी टोली खटिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।