अछामको बयालपाटा अस्पतालमा ग्रामिण अर्थोपेडिक्स ट्रमा केयर सम्मेनल हुदैँ

अछामको बयालपाटा अस्पतालमा ग्रामिण अर्थोपेडिक्स  ट्रमा केयर सम्मेनल हुदैँ

अछामको बयालपाटा अस्पतालमा ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन हुने भएको छ ।
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा बैशाख २७ देखि २९ गतेसम्म ३ दिने दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेनल २०२४ हुने भएको हो ।

नेपालको ग्रामिण क्षेत्रमा अर्थोपेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

निर्देशक डा। पाठकका अनुसार ट्रमा र अर्थोपेडिक सेवाको पहुँचमा दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुरयाउन र अहिले पाईरहेको सेवामा सुधार ल्याउने सम्मेलनको उद्देश्य रहेको छ ।
नेपालमा अर्थोपेडिक डाक्टर, शहर केन्द्रीत कार्यक्रम सिकाई तथा सेमिनारहरु धेरै भएपनि दुर्गममा सेवाको पहुँच पुर्याउन र जनशक्तीको स्तर बृद्धी गर्न आयश्यक रहेकोले सम्मेलनको आयोजना गरिएको उनले बताए ।