कलामा आधारित प्रशिक्षण कार्यक्रम सम्पन्न

कलामा आधारित प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढी । कलामा आधारित संवाद शिक्षण विधि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजनामा भएको कार्यक्रम कैलालीको चिसापानीमा सम्पन्न भएको हो ।

कार्यक्रममा कैलारी गाउँपालिकाका ६ विद्यालय र गौरीगङ्गा नगरपालिकाका ६ विद्यालयका गरी २४ जना शिक्षकको सहभागिता रहेको थियो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमको पहिलो दिन नमस्कार शाहले सहजीकरण गरेका थिए भने दोस्रो दिन कलामा आधारित संवादको सहजीकरण संस्थाका अध्यक्ष पवन रायले गरेका थिए ।