ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ : मुख्यमन्त्री सोडारी

ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ : मुख्यमन्त्री सोडारी

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राष्ट्रिय विकास परिषद्को बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेन्डा प्रस्तुत गरेका छन् । बिहीबार बैठकलाई सम्बोधन गर्दै सोडारीले  सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वी नेपालसँग जोडिएको स्मरण गराए ।

उनले भने - त्यस अघिका दिनमा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो, । त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकाङ्कमा सुदूरपश्चिम अझै पछाडि छ ।,''

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा बोल्दै सोडारीले भने–‘–सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि  ताक्लाकोटसम्मको सेती लोक मार्ग बनाउन जरुरी छ’ ।, सो सडक बनेपछि  तिब्बतसँग सुदूरपश्चिमको पहुँच पुग्ने छ, । सेती लोक मार्ग बनेपछि मानसरोवर जानका लागि नेपाली मात्र होइन भारतिय पर्यटकलाई समेत सजिलो हुनेछ । सो सडक सञ्चालनसँगै व्यापारिक नाका पनि खोल्नु पर्छ जसले चिनियाँ सामान सस्तोमा पाउन सकिने छ भने हाम्रा जडीबुटी लगायतका उत्पादन पनि चीनलाई बेच्न सकिने छ ।, मुख्यमन्त्री सोडारीले थपे–‘सुदूरपश्चिमका धेरै नागरिक अहिले पनि सस्तो ज्यालामा भारतमा काम गरिरहेका छन् ।

त्यसैले सुदूरपश्चिममा औद्योगीकरण गरेर नेपालीहरूलाई नेपालमै रोजगार दिने वातावरण बनाउनुपर्छ । त्यसका लागि ठुला उद्योग, कलकारखाना र पाँच तारे स्तरका होटल निर्माण र सञ्चालनमा व्यवसायीलाई आकर्षित गर्ने नीति नियम बनाउन आवश्यक छ । सुदूरपश्चिमको जडीबुटी खेर गइरहेको त्यसको सदुपयोग गरेर उद्योग बनाउन जरुरी छ । मुख्यमन्त्री सोडारीले भने–‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ । सुदूरपश्चिममा पनि कैलाली–कञ्चनपुरमा  विकास बढी केन्द्रित हुँदा पहाडीका बस्ती खाली भएको छन् ।

जनसङ्ख्याको सन्तुलन मिलाउन सके पहाडी जिल्लाको बसाई सराई रोकिन सक्छ । त्यसका लागि पनि नीति नियम आवश्यक छ ।  खप्तड, बडीमालिका, रामारोशन, अपिसाइपाललगायत धार्मिक र पर्यटकीय क्षेत्र हुन । ती क्षेत्रमा पर्यटकीय गतिविधि बढाएर जनताको आम्दानी बढाउने काम गर्नुपर्छ । खप्तडदेखि रारासम्मको राष्ट्रिय पदमार्गलाई अघि बढाउन पनि जरुरी छ  । कर्नाली , सेती, महाकालीको पानी खेर गयो । सुदूरपश्चिमलाई सूचना प्रविधि क्षेत्रको हब बनाउनुपर्छ । त्यसो हुँदा सूचना प्रविधि पढ्नका लागि भारत र नेपालका विभिन्न शहरमा गएर महंगोरुपमा पढ्नु पर्ने बाध्यता अन्त्य हुने छ । सुदूरपश्चिममा कर्णाली, सेती नदीबाट बिजुली उत्पादन गर्ने वातावरण बनाउन संघीय सरकारले विशेष पहल थाल्नुपर्छ ।

उनले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर भारतको दिल्ली लगायतका शहरसंग जोड्नु पर्ने बताए । मुख्यमन्त्री प्रधानमन्त्री प्रचण्डलाई इंगीत गदै भने – अहिले पनि ठुला अस्पताल नहुँदा बिमारी भारत  र काठमाडौँ लैजानु पर्ने बाध्यता छ त्यसका लागि संघीय सरकारले विशेष योजना बनाउनुपर्छ । त्यसका लागि गेटको दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउन आवश्यक कानुन बनाएर पर्याप्त बजेट विनियोजन गर्नुपर्छ ।

सुदूरपश्चिमले जङ्गल जोगाएर जलवायु परिवर्तन नहुन दिनका लागि ठुलो टेवा पुगाएको छ । जङ्गल जोगाएर जनतालाई जलवायु अनुकलन मैत्री काममा परिचालन गर्न विशेष योजना आवश्यक छ । उच्च जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि सुदूरपश्चिममा वायुप्रर्दुषण मापन केन्द्र स्थापना गर्न जरुरी छ ।