नेपालले वेस्टइन्डिज ए विरुद्ध फिल्डिङ गर्दै, कमलसिंह ऐरी खेल्दै

नेपालले वेस्टइन्डिज ए विरुद्ध फिल्डिङ गर्दै, कमलसिंह ऐरी खेल्दै

काठमाडौं । नेपालले वेस्टइन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर कमलसिंह ऐरी पनि छन्  । विकेटकिपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दैछन् । आज मुख्य बलरहरू सोमपाल कामी, करण केसी प्लेइङ ११ मा छैनन् । सन्दीप जोरा पनि बेन्चमा छन् ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, अनिल शाह९विकेटकिपर०, रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जि।सी। विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी

बेन्च – आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख ।