महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

सप्तरीको महादेवा गाउँपालिका १ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । 
स्थानीय र नेपाल प्रहरीको टोलीले आगो निभाउन नसकेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीलाई पनि खटाएको हो । आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको छ ।


मंगलबार दिउँसोदेखि लागेको आगलागीबाट सय परिवारका २ सयभन्दा बढी घर टहरा जलिसकेको वडाध्यक्ष जयकिशोर दासले जानकारी दिए । उनका अनुसार आगलागीबाट केही पशुचौपायासमेत मरेका छन् ।
अहिले नै क्षतिको विवरण आइनसकेको वडाध्यक्ष दासले बताए ।