रेशम चौधरीको यो स्टार्टस: जस्ले फेरि राजनीतिमा ल्यायो नयाँ तरंग

रेशम चौधरीको यो स्टार्टस:  जस्ले फेरि राजनीतिमा ल्यायो  नयाँ तरंग

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीले फेसबुकमा लेखेको स्टार्टस थप बहसको बिषय बनेको छ । 

भर्खरै पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र आफू बिच सहमति भद्र सहमति भएको देखाएका चौधरीले लेखेको पछिल्लो फेसबुक स्टार्टस लाई धेरैले बहसको बिषय बनाएका छन । लामो समय सुदुरपश्चिम सरकार र नया गठबन्धन बारे अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरी बिच मतभेद रहदै आएको थियो ।

तर पछिल्लो पटक दुबैजनाले समझदारी पुर्ण स्टार्टस सहित एकताको सन्देश दिन खोजेको भए पनि आजको चौधरीको फेसबुक स्टार्टसले थप बसह उत्पन्न गरेको छ । उनको स्टार्टस पार्टीको बिबादास्पद बिषय केन्द्रित कि व्यक्तिगत हो भन्ने बारे सन्दर्भ भने खुलाइएको छैन।