आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पञ्जाब किंग्स र चेन्नई सुपर किंग्स नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् ।

साविक विजेता तथा आईपीएल क्रिकेटको सर्वाधिक सफलमध्येको टोली चेन्नई यो सिजन १० खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । समान १० खेल नै खेलेको पञ्जाब ८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ ।

आजको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । अहिलेसम्म खेलेका १० खेलमा १४ अङ्कका साथ कोलकाता तालिकाको दोस्रोे स्थानमा छ । समान १० खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

यसअघि हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसीबी० ले गुजरात टाइटन्सलाई ४ विकेटले हराएको थियो । जितसँगै बेंगलुरु ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । गुजरात नवौँ स्थानमा छ ।