धेरै रिसाउँदा लाग्न सक्छ यस्तो रोग

धेरै रिसाउँदा लाग्न सक्छ यस्तो रोग

एजेन्सी । धेरै रिसाउनु पनि स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । यसले गर्दा तपाईं कैयौं विमारीहरुको शिकार पनि हुन सक्नुहुनेछ । आज हामी धेरै रिसाउँदा हुने विमारीहरुका बारेमा बताउनेछौं ।

विशेषज्ञहरुका अनुसार धेरै रिसाउने गर्दा मुटु सम्बन्धी समस्या, मधुमेह र रक्तचाप जस्ता विमारीहरुको खतरा रहन्छ । यस्तोमा रिसलाई नियन्त्रण गर्नका लागि मेडिटेशन तथा कसरतहरुको सहयोग लिन सकिन्छ ।

धेरै रिसाउँदा तनावलाई बढावा मिल्छ । यसकारण तपाईंको मानसिक स्वास्थ्य पनि खराब हुन सक्छ । यस्तोमा यदी तनावबाट बच्नु छ भने धेरै रिसाउन पनि छोड्नुपर्ने हुन्छ ।

धेरै रिसाउनु मुटुका लागि पनि एकदमै हानिकारक हुन्छ । रिसाउँदा रक्तचाप बढ्छ, जो हृदयघातको कारण पनि बन्न सक्छ ।

धेरै रिसाउँदा तपाईंको उच्च रक्तचापको समस्या देखिन सक्छ । रक्तचापको समस्या बढ्दै गयो भने तपाईंलाई अन्य विमारीहरुको पनि हुने सम्भावना बढ्छ ।

धेरै रिसाउँदा शरीरको इम्युनिटी पनि कमजोर हुन्छ । इम्युनिटी कमजोर हुँदा तपाईंलाई अन्य विमारी तथा संक्रमणहरुले छिट्टो आक्रमण गर्छन् ।

धेरै रिसाउने व्यक्ति लामो समयपछि डिप्रेशनको शिकार पनि बन्न सक्छ । साथमा यसले तपाईंलाई डराउने तथा झस्किने पनि बनाउँछ ।