पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटपाट

पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटपाट

काठमाडौं । धनुषामा ८० लाख रुपैयाँ लुटिएको छ । सोमबार बिहान श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको नगद अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन् ।

प्रहरीका अनुसार धुनषाको रघुनाथपुरबाट उक्त रकम लुटपाट भएको हो । महतोले हिमालयन बैंकबाट झिकेर झोलामा बोकेको रकम लुटिएको हो ।

प्रहरीका अनुसार उक्त रकम बैंकबाट झिकेर रघुनाथपुर सहकारीको कार्यालयमा लैजादै गर्दा लुटिएको हो । मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी सुवास बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।