धनगढीमा खुल्यो ब्रान्डेड कपडाको स्टोर "श्री इन स्टाइल"

धनगढीमा खुल्यो ब्रान्डेड कपडाको स्टोर "श्री इन स्टाइल"

धनगढी ।  अब धनगढी मै विभिन्न ख्याती प्राप्त ब्राण्डका पुरुषहरुका कपडा तथा जुत्ताहरु उपलब्ध हुने भएका छन ।

 

ग्राहकलाई फरक–फरक ब्राण्ड रोजाइमा पर्ने हुँदा धेरै ठाउँ चहार्नु पर्ने बाध्यता लाई मध्यनजर गर्दै धनगढी स्थित मेनरोडमा "श्री इन स्टाइल" नामक स्टोर संचालनमा आएको छ । 

 

धनगढीका व्यवसायी देव साउद र सुरेश जोशीले करिब १ करोड २५ लाखको लगानीमा स्टोर सञ्चालनमा ल्याएका छन्।

 

 जहाँ एलभिडी, देनिम, रिबोक, बोसिनी, ली, सिटी वाक, जोन प्लेयर, बेनेटन, रकपट लगायतका ब्रान्डेड कपडाका लुगा कपडा एकै ठाउँमा पाइन्छ।

 स्टोर होटल रुबस जाने चोक बाट ३० मिटर पुर्व तर्फ मेनरोडमा छ। 

 

यसको मुख्य विशेषता भनेको सहज तरिकाले विभिन्न ब्राण्डका उत्पादन एउटै छाना मुनी पाउनु रहेको संचालक साउदले जानकारी दिए । 


 

आज एक समारोह सहित उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुस्पराज कुवरले स्टोरको उद्घाटन गरेका हुन । 

 

पुरुषहरुका फेसनका सम्पुर्ण लुगाहरु उपलब्ध भएको पसलका संचालक साउदले जानकारी दिए ।

 

पुरुषका लागि आवस्यक जुत्ता चस्मा बेल्ट लगाएत सम्पुर्ण सामान पाइने संचालकले जानकारी दिए ।