सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मंगलबारकै मूल्य हो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।