२२ वर्षीया युवती बेपत्ता

२२ वर्षीया युवती बेपत्ता

काठमाडौंको कलंकी बस्ने एक युवती बेपत्ता भएकी छन। चितवन कालिका नगरपालिका ६ टाँडी घर भइ हाल कलंकीस्थित हजुरआमासँग बसेर पढ्दै आएकी २२ वर्षीया स्नेहा लामिछाने वैशाख १९ गतेदेखि बेपत्ता भएकमी हुन्।

उनी सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत् थिइन्। आफन्तले उनको खोजिका लागि जिल्ला प्रहरी परिसर काठमाठडौंमा निवेदन दिएका छन्। स्नाहाको मोबाइल १९ गतेदेखि नै स्वीच अफ रहेको र खोजि भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उनलाई कसैले देखे भेटेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन पनि परिवारले अनुरोध गरेका छन।