बझाङमा चट्याङले घाइते भएकाहरुलाई राहत वितरण

बझाङमा चट्याङले घाइते भएकाहरुलाई राहत वितरण

बझाङ-  बझाङमा चट्याङ लागेर घाइते भएकाहरुको परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिकाले वडा नम्बर ७ गोरखालीमा चट्याङ लागेर घाइते भएकाहरुको परिवारलाई राहत वितरण गरेको हो ।

बुधवार गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया उपाध्यक्ष विष्णुकुमार थापा र सुरक्षाकर्मी सहितको टोलीले गोरखालीमा स्थलगत अवलोकन गरेर तत्काल बन्दोबस्तीका लागि त्रिपाल भाँडाकुडा लुगाकपडा र चामल लगायतका सामाग्री वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष रोकायाले गाउँपालिकाले घाइतेहरुको उपचारमा सहयोग गर्नुका साथै पीडितहरुको आवास समेत निर्माण गरिदिने बताएका छन् ।