आयुर्वेद अस्पतालका डाक्टर सुर्यको चर्तिकला. मेसुमाथी जाइलागे महिला बिरामीका सम्बेदनसिल अगं छामे

आयुर्वेद अस्पतालका डाक्टर सुर्यको चर्तिकला. मेसुमाथी जाइलागे महिला बिरामीका सम्बेदनसिल अगं छामे

धनगढी प्रदेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा कार्यरत  डाक्टर सुर्य उपाध्यायले चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट राम कामेश्वर ठाकुरलाई जातिय बिभेद संगै धम्की दिएका छन् ।

आइतबार चिकित्सालय ब्यवस्थापन समितिले डाकेको आगामी बर्षका लागी बजेट तर्जुमा सम्बन्धी बैठकमा सहभागी भएका डा. उपाध्यायले काजमा मे.सु ठाकुरमाथी तुच्छ सब्द प्रयोग गर्नुका साथै धम्की समेत दिएका छन् ।

ब्यवस्थापन समितिले बजेट सम्बन्धी सुझाव माग्ने क्रममा डा. उपाध्याय मे.सु ठाकुर माथी जाई लागे बैठकमा सहभागी एक कर्मचारीले भने  महेन्द्रनगरबाट कलौती डक्टरलाई यहाँ ल्याउनुपर्छ, अहिलेको हाकीमको काम छैन भनेर उपाध्याय सरले भन्नुभयो, त मधेसी के गर्न सक्छस्, गर यहाँ सबै मेरो हो चल्ने भन्दै हाकिम सापमाथी खनिनुभयो त्यतिमै उहाँ रोकिनु भएन ब्यवस्थापन समिति माथीपनि खनिनुभयो ।

धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना, वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐर, १३ का अध्यक्ष बिजय जोशीपनि बैठकमा सहभागी थिए । डा. उपाध्यायको चर्तिकला देखेर उप मेयर तथा वडा अध्यक्षहरु समेत छक्क परे । बैठकमै डाक्टर उपाध्यायले एकदमै नराम्रो ब्यवहार देखाएको वडा नम्बर १३ का अध्यक्ष बिजय जोशीले बताए । हामी बजेट सम्बन्धी छलफलमा थियौँ उनले भने उहाँलाई बजेट सम्बन्धी सुझाव माग्दा हाकीम र समितिमाथी जगिंनुभयो, उहाँले भनेका सब्द गलत थिए, एउटा जिम्मेवार सरकारी कर्मचारीले त्यस्तो बोल्न मिल्दैन, हाकीम माथी जातिय बिभेद हुने गरी मधेसीनै भनेर उहाँले बोलेका सब्द गलत थिए ।

बैठकमै  डाक्टर उपाध्यायले यस्तो चर्तिकला देखाएपछि धनगढी उपमहानगरपालिकाकी उप मेयर राना समेत जगिंइन् । हालसम्म यस्ता कर्मचारी जिवनमै नदेखेको बताएकी रानाले तुरुन्तै कार्वाही गरिनुपर्नेमा जोड दिएकि थिइन् । रानाले डक्टर उपाध्यायलाई चिकित्सालयबाट अन्यत्रै सरुवा गरिनुका साथै तत्काल निलम्बन समेत गरिनुपर्नेमा जोड दिएकि थिइन् । उपाध्यायले बैठकमै हगांम गरेपछि ब्यवस्थापन समितिले चिकित्सालयबाट सरुवाका लागी सिफारिश गर्ने समेत निर्णय गरेको छ । सो निर्णय सगैं उप मेयर सहित ब्यवस्थापन समितिको टिमले सामाजिक बिकास मन्त्रालयका सचिव चक्र पाणी पाण्डेलाई भेटेर उपाध्यायको गतिबिधि बारे जानकारी गराएको छ । उपाध्यायले चिकित्सालयमा राजनिति बेथिती ल्याउन खोजेको भन्दै उनलाई तत्काल मन्त्रालय तान्न समितिले सचिव पाण्डेलाई अनुरोध गरेको छ । 

सामाजिक बिकास मन्त्रालयका सचिव चक्र पाणी पाण्डेले  डाक्टर उपाध्याय चाँडै सरुवा हुने बताए । उनलाई चिकित्सालयबाट झिक्न ब्यवस्थापन समितिको टिमनै मन्त्रालय पुगेको सचिव पाण्डेले बताए । उपाध्याय आफुलेपनि मलाई भेटेर म माथी अन्याय भयो भन्नुभएको छ पाण्डेले भने उनलाई चिकित्सालय छोड्नुस अन्यत्र कहाँ जाने मन छ रोज्नुस भनेको छु चाँडै उहाँ चिकित्सालयबाट अन्यत्र सरुवा हुनुहुन्छ ।

.२०७९ साल चैतमा चिकित्सालयका तत्कालिन निमित्त प्रमुख डा।खगेन्द्र बमको सरुवा भएपछि डा।उपाध्यायलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो । करिब ९ महिना निमित्त प्रमुख भएर काम गरेका उपाध्यायले चिकित्सालयको हित हुने एउटैपनि काम गर्न नसकेको आरोप छ । चिकित्सालयको सेवा चुस्त दुरुस्त पार्न नसकेका उपाध्यायले कार्मेसी सेवा समेत चलाउन सकेनन् चिकित्सालयका एकजना सदस्यले भने उपाध्याय निमित्त प्रमुख हुँदा उपकरण खरिदमा कमिसन खाने र चिकित्सालयको गाडी घरको काममा प्रयोग गर्नमा सिमित रहे, उनले बिरामी समेत हेर्न छोड्नुभयो, चिकित्सालयको सेवा लथालिगं बनाउनुभयो, यति मात्रै होइन भ्रुण हत्या आरोपमा प्रशासनबाट तारेख खेपिरहेका मिठ्ठु स्वाँरलाई ल्याएर इ एस जिको काम गराउन थाल्नुभयो किनकी त्यहाँबाटपनि उहाँलाई कमिसन आउँथ्यो, बजेटको आधा कमिसन खानुभयो ।” उनको त्यो बेथिती देखेर प्रदेश सरकारको पहलमा दशौँ तहका डा।राम कामेश्वर यादवलाई काजमा ल्याउन सकिएको ति सदस्यले बताए । अब यिनै ठाकुर फिर्ता होलानकी भनेर उनिमाथी आक्रमण भइरहेको बताउँदै उनले ठाकुरपनि गए यो चिकित्सालय मात्रै होइन सुदुरपश्चिमको आयुर्वेद क्षेत्र माथी नउठ्ने दावी गरे ।

डा।उपाध्यायले हाल खासै बिरामीपनि हेर्नुहुन्न एक कर्मचारीले भने उपाध्याय निमित्त प्रमुख भएदेखीनै बिरामी हेर्न छोड्नु भएको थियो हाल नयाँ हाकिमसाप आएपछि पनि हेर्नुहुन्न अरु कर्मचारीहरुलाई यो हाकिम चाँडै गइहाल्छ, यसको भनेको नमान्नु भनेरपनि उहाँ हामिहरुलाई भन्नुहुन्छ, हाकीम माथी बढि रिसाउनुको कारण उहाँले घर प्रयोजनका गाडी प्रयोग गर्न नदिएकाले हुनुपर्छ, छोरोलाई स्कुल पु¥याउन चिकित्सालयकै गाडी प्रयोग गर्नुहुन्थ्यो आजभोली नपाएर हाकीम माथी आक्रमण गर्न खोज्नुभा होला ।

डाक्टर उपाध्यायले एकजना महिला बिरामीको गोप्य अगं छोएको घटना चिकित्सालयमै मिलाएको बिषय समेत बाहिरिएको छ । उपचारका लागी  डाक्टर उपाध्यायकहाँ पुगेकी धनगढी उपमहानगरपालिका ३ की एक महिलाको गोप्य अगं समातेपनि हगांमा भएको थियो । चिकित्सालयको बदनाम हुने देखिएपछि अन्य चिकित्सकहरुले त्यो घटना मिलाएका थिए । ति महिलाले  डाक्टर उपाध्याय बिरुद्ध प्रहरीमा उजुरी हाल्ने तयारी गरेकी छिन् ।

 डाक्टर उपाध्यायका यि चर्तिकला मात्रै छैनन् बिगतमा सामाजिक बिकास मन्त्रालयका आयुर्वेद महासाखा प्रमुख डा।चेतराज जोशीमाथी आक्रमण तथा निमित्त सचिव गणेस सिहंमाथी गाली गलौच गरेको घटनापनि बाहिरिएका छन् । यति मात्रै नभएर महेन्द्रनगरमा कार्यरत हुँदा अनैतिक काम गरेको आरोपमा उपाध्यायलाई कालोमोसो समेत दलिएको थियो ।