यामाहाको बाइक र स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट

यामाहाको बाइक र स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट

काठमाडौँ - यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा विशेष अफर दिएको छ । यामाहा मोटरसाइकल र स्कुटर किन्दा ग्यारेन्टीसहित १ लाख रुपैयाँसम्मको नगद छुट पाइने कम्पनीले जनाएको छ ।

यो छुटले नेपालभरका ग्राहकका लागि यामाहा बाइक र स्कुटरलाई थप पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । विशेष नगद छुटका अतिरिक्त यामाहाले सुविधाजनक र आकर्षक वित्तीय विकल्प पनि उपलब्ध गराउँदै आएको छ । ग्राहकले अब केवल ३० प्रतिशत न्यून डाउन पेमेन्टका साथ उत्कृष्ट वित्तीय अफर पाउने बताइएको छ । यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको हो ।