एलाइन्स स्कुलमा ५ सयबढी विद्यार्थी तथा शिक्षकको आँखा परीक्षण

एलाइन्स स्कुलमा ५ सयबढी विद्यार्थी तथा शिक्षकको आँखा परीक्षण

धनगढी । धनगढी उपमहानगरपालिका -२ मा रहेको एलाइन्स इन्टरनेशनल मोडेल स्कुलमा विद्यार्थी तथा शिक्षकको आँखा चेकजाँच तथा परीक्षण गरिएको छ । आँखा चेकजाँच वैशाख २३ गतेबाट सुरु भएर बिहीबार सम्पन्न भएको हो । 

कक्षा पीजि देखि १० कक्षा सम्मका पाँच सय विद्यार्थीको  आँखा चेकजाँच गरिएको बिद्यालयल प्रशासनले जनाएको छ । सुदृष्टि आँखा जाँच केन्द्रका नेत्र विशेषज्ञ सावित्री भट्ट र उनकै टिमले आँखा परीक्षण गरेको हो ।

पाँच सय विद्यार्थीको आँखा परीक्षण गरिएकोमा ५२ जनामा अदुरदृष्टिको समस्या देखिएको छ । विद्यालयका प्रधानाध्यापक मनोज पन्तले हरेक वर्ष आँखा चेकजाँच तथा परीक्षण गरिँदै आएको बताए । प्रधानाध्यापक  पन्तले आँखा परीक्षणले विद्यार्थीलाई सहज हुने बताएका छन् । 

कम समस्या भएका विद्यार्थीलाई तत्काल विद्यालयमै उपचार गरिएको र बढी समस्या भएकाहरूलाई केन्द्रमा उपचार गरिने प्रअ पन्तले बताए । विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विद्यालयले अतिरिक्त विभिन्न कार्यक्रम गर्दै आएको छ ।