दरबारमार्गबाट ९८ लाखसहित दुईजना पक्राउ

दरबारमार्गबाट ९८ लाखसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट हुन्डीको ९८ लाखसहित दुई जना पक्राउ परेका छन् ।

उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।

दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा उनीहरु जोडिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।