धनगढी । कैलालीको सीमा नाका आजदेखि बन्द हुने भएको छ । आज साँझ ६ बजेबाट नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको हो ।
भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते हुने गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरेर मतदान कार्य नहुँदासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
नेपाल–भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरु बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।