नव उद्दमी युवा प्रोत्साहनको उपाधी युवा व्यवसायी कठायत लाई

नव उद्दमी युवा प्रोत्साहनको उपाधी युवा व्यवसायी कठायत लाई

धनगढी । नव उद्दमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको उपाधी युवा व्यवसायी रोशन कठायतले प्राप्त गरेका छन । 

प्रदेश युवा परिषद् , सुदुरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा आयोजना भएको प्रदेश स्तरीय प्रतियोगीतामा आर सि गारमेन्ट उद्योगका संचालक कठायतले प्रथम स्थान प्राप्त गरे । उनले प्रमाणपत्र सहित नगद १ लाख राशी प्राप्त गरेका छन । 

 

एक समारोहका बिच युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले उनलाइ नगद सहित प्रमाणपत्र हस्तान्तरण गरेका छन । 

 

कार्यक्रममा दोस्रो स्थान प्राप्त गर्ने बाजुराका चन्द्रबिर बुढा , र तेस्रो स्थान प्राप्त गर्ने अछाम गौरव जोशीले क्रमशः ७५ हजार नगद सहित प्रमाणपत्र , ५० हजार सहित प्रमाणपत्र प्राप्त गरे । 

 

कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष कुवँरले परिषदले युवा प्रोत्साहन संगै युवाहरूको नेतृत्व र व्यक्तित्व बिकासमा सृजनात्मक कार्यहरु गर्दै आएको बताए ।  प्रतियोगितामा निर्णायकको भुमिकामा परिषदका कार्यकारी सदस्य शेर बहादुर बिष्ट, अन्तर्राष्ट्रिय खेलाडी तथा युवा व्यवसायी प्रकाश  कुमार चन्द र कैलाली बहुमुखी क्याम्पसका उपप्राद्यापक गगन राज घिमिरे रहेका थिए । 

 

कार्यक्रममा सुदुरपश्चिम प्रदेश अन्तर्गत विभिन्न जिल्लामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध युवाहरुको सहभागिता रहेको थियो। समारोहको अध्यक्षता परिषद्का कार्यकारी सदस्य दिनेश सिंहले गरेका थिए ।