पत्रकार द्वय उपाध्याय सहित ९ जना लाई "आइकन अफ सुदुरपश्चिम" अवार्ड प्रदान

पत्रकार द्वय उपाध्याय सहित ९ जना लाई "आइकन अफ सुदुरपश्चिम" अवार्ड प्रदान

कैलाली । नेपाल युवा परिषदले पत्रकार द्वय दिर्घराज उपाध्याय र दीपक उपाध्याय सहित ९ जना लाई "आईकन अफ सुदूरपश्चिम" अवार्ड प्रदान गरेको छ ।

 

"उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश" भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित तेश्रो प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो । यस्तै पत्रकार दिपक उपाध्यायलाई सामाजिक अभियन्ता तर्फको "आईकन अफ सुदूरपश्चिम" अवार्ड प्रदान गरिएको हो ।

 

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले सम्मान हुने  लाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।


 

बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पुर्‍याउने व्यक्तिहरुलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

 

सम्मेलनमा पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासमा योगदान पुगाउने उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता पन्त, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी, रैथाने एबम जैबिक खेती तर्फ अभिमन्यु चौधरी, वन्यजन्तु संरक्षण एबम अनुसन्धानकर्ता तर्फ धिरेन्द्र बहादुर चन्द र महिला उद्यमी तर्फ सरिता बुढामगरलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।