गगनलाई रविको चुनौती- मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ

गगनलाई रविको चुनौती- मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए ।

उनले भने, ‘माननिय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’

संसदीय समिति सामान्य कुरा हो । त्यो भन्दा पहिला म सदनमा बोल्न पाउनुपर्छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको रु किन आत्तिएको रु भन्दै प्रश्न गरे ।

उनले भनेका थिए, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने रु रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ रु सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौँ ?’