धनगढी उपमहानगरपालिकालाई संरक्षण अवार्ड प्रदान गरिने

धनगढी उपमहानगरपालिकालाई संरक्षण अवार्ड प्रदान गरिने

धनगढी । हरियाली प्रवर्द्धन अभियानमा अग्रसर धनगढी उपमहानगरपालिका विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले प्रदान गर्ने प्रकृति संरक्षण अवार्डको हकदार बनेको छ। 

धनगढी उपमहानगरपालिकाले प्रकृति संरक्षणमा खेलेको भूमिकाको कदर गर्दै डब्लुडब्लुएफले अवार्ड प्रदान गर्ने निर्णय गरेको हो। मे १९ मा परेको आफ्नो स्थापना दिवसको अवसर पारेर डब्लुडब्लुएफले संरक्षण अवार्ड प्रदान गर्ने धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ। 

धनगढीलाई स्वच्छ, सफा र हरियालीयुक्त बनाउन धनगढी उपमहानगरपालिकाले सडक क्षेत्रमा विभिन्न प्रजातिका वृक्षरोपण गर्ने कार्य गर्दै आएको छ। 

यसैगरी, बढ्दो प्रदूषण कम गर्नका लागि प्लाष्टिक प्रयोगमा निषेध गरिनुका साथै सरसफाइ अभियानलाई अगाडि बढाइएको छ। नगर क्षेत्रबाट निस्केको फोहोरलाई मोहर बनाउने काम पनि गरिरहेको छ।