वैवाहिक बलात्कार मुद्दा लागेका रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण

वैवाहिक बलात्कार मुद्दा लागेका रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण

धनगढी ।  वैवाहिक बलात्कार मुद्दा लागेका गायक रवि ओडले  प्रहरीमा आत्मसर्मपण गरेका छन् ।नेपाल आइडल सिजन २ का विजेता समेत रहेका ओडले प्रहरीमा आत्मसर्मपण गरेका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । देश बाहीर रहेका ओड स्वदेश फर्किएपछि आत्मसमर्पण गरेका हुन् ।