धनगढी । कैलालीमा ५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। वनपैदावार ओसार पसार मुद्दामा ३३ हजार ८५३ जरिवाना ठहर भएका बर्दगोरिया गाउँपालिका–५ बस्ने २८ वर्षीय कर्ण बहादुर कार्की, सोही मुद्दामा २५ हजार १९७ जरिवाना ठहर भएका बर्दगोरिया गाउँपालिका–१ बस्ने ४४ वर्षीय कमलेस कुमार कठरिया रहेका छन् ।
यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने ३२ वर्षीया निलम जोशी, चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका ५ बस्ने ३३ वर्षीय चक्रबहादुर कलेल र यस्तै चोरी मुद्दामा ५ हजार २ सय जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय गणेश पार्की रहेका छन्।
फरार रहेका पाँचै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।