राजस्थानसँग पराजित हुँदै आईपीएलबाट बाहिरियो बैंगलुरु

राजस्थानसँग पराजित हुँदै आईपीएलबाट बाहिरियो बैंगलुरु

काठमाडौं । रोयल च्यालेनजर्स बैंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ। बुधबार राति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भएसँगै बैंगलुरु प्रतियोगिताबाट बाहिरिएको हो।

बैंगलुरुलाई   हराउँदै राजस्थानले भने दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बैंगलुरुले दिएको १७३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

राजस्थानका लागि यशस्वी जयसवालले सर्वाधिक ४५ रनको योगदान दिए । यस्तै, रियान परागले ३६, सिम्रोन हेटमायरले २६, टम कोहलर क्याडमोरले २० रन बनाए । यसअघि बैंगलुरुले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो।

राजस्थानले अब फाइनलमा स्थान बनाउन पहिलो क्वालिफायरमा पराजित सनराईजर्स हैदरावादसँग खेल्नेछ। दोस्रो क्वालिफायर शुक्रबार हुनेछ। हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो। कोलकाताले भने फाइनलमा स्थान बनाइसकेको छ।