मनिराज वाङ्मय पुरस्कार विराटनगरका सुवेदीलाई प्रदान

मनिराज वाङ्मय पुरस्कार विराटनगरका सुवेदीलाई प्रदान

धनगढी : विराटनगरका वरिष्ठ समालोचक दधिराज सुवेदी शनिबार धनगढीमा पुरस्कृत भएका छन् । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा समर्पित रहि नेपाली वाङ्मयमा महत्वपूर्ण योगदान पु¥याएको कदर गर्दै नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले उहाँलाई मनिराज वाङ्मय पुरस्कार २०७५ प्रदान गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले एक कार्यक्रमकाबीच सुवेदीलाई पुरस्कार हस्तान्तरण गरे । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । 

महाकाव्यकार मनिराज जोशीको नाममा उनका छोरा गोविन्दराज जोशीले पुरस्कारको स्थापना गरेका हुन । गतवर्ष यहि पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको थियो । 

यसवर्ष पुरस्कृत भएका स्रष्टा सुवेदीले पुरस्कार ग्रहण गर्दै सुदूरपश्चिमबाट मेची–महाकाली जोड्ने एउटा महत्वपूर्ण अभियानको थालनी भएको बताए । उनले पूर्वका स्रष्टालाई पश्चिमले पुरस्कृत गर्दा अत्यन्त खुशी लागेको उल्लेख गरे ।