भारतमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो

भारतमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो

पश्चिम बंगाल । भारतमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । सोमबार बिहान दार्जिलिङको न्यू जलपाइगुडीको नजिक एक कार्गो रेलले यात्रुबाहक रेललाई ठक्कर दिएको थियो ।

रेल बोर्डकी प्रमुख कार्यकारी अधिकृत ९सीइओ० जया सिन्हा बर्माले जनाएअनुसार उद्धारको कार्य सम्पन्न भएको छ । २५ जना घाइते भए पनि अस्पतालमा ५० को आसपासमा मानिस पुगेको उनले जनाएकी छन् ।

के कारणले दुर्घटना हुन गयो भन्ने बारेमा जाँच भइरहेको र जाँच पछि नै सबै कुरा खुल्ने उनले बताएकी छन् ।

रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थलतिर प्रस्थान गरेको जनाइएको छ । सो घटनाबारेमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, बंगालका मुख्यमन्त्री ममता बनर्जी लगायतले दुख व्यक्त गरेको जनाइएको छ ।