कैलाली र कञ्चनपुरबाट ५ लाख बढीको अवैध सामान बरामद

कैलाली र कञ्चनपुरबाट ५ लाख बढीको अवैध सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले ५ लाख बढीको अवैध सामान बरामद गरेको छ।

शनिवार धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले तीन लाख बढीको अवैध सामान बरामद गरेको छ। 

कैलालीको  धनगढी उपमहानगरपालिकाका–३ बिद्युत कार्यालय, धनगढी–४ बसपार्क, धनगढी–९ त्रिबेणीघाट, धनगढी– १४ गाँउघाट, गोदावरी नगरपालिका–२ पहाड रोड बसपार्क गौरीगंगा नगरपालिका–१० उदासीपुर, भजनी नगरपालिका–२ कटानपुर र कैलारी गाउँपालिका– ३ निमुवा बोझिबाट ३ लाख ७२ हजार ४ सय चालिस मुल्य बराबरको सामान बरामद गरेको हो । 

सुजि, चिनी, पेय पदार्थ, सुर्ती, मिठाई, थान कपडा, पाइन्ट, मोजा, चप्पल, प्लास्टिक डोरी, सेतो कपडा, सुटपिस, सिद्रा माछा, माछा, बोइलर कुखुरा, लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरबाट झन्डै साढे २ लाखको अवैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका– १० जिमुवा, र बेलौरी नगरपालिका– ६ भुराकोटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका करिब २ लाख ५७ हजार बिस मूल्य बराबरको सामान बरामद भएको हो ।

ग्यास चुलोको पाईप, कुकरको रवर, बिन्दी, चप्पल,रुमाल,गन्जी,अन्डरवेयर,कस्मेटिकको सामान, किरनाको सामान, इन्भटर, ब्याट्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।