अनौठो विवाह : १०० वर्षका दुलाहा, १०२ वर्षकी दुलही

अनौठो विवाह : १०० वर्षका दुलाहा, १०२ वर्षकी दुलही

अमेरिकाको ओहायोमा एक शताब्दी उमेर कटाएको एक जोडीले विवाह गरेको छ । दुलाहा जोन १०० वर्षका भए भने दुलही फीलिस १०२ वर्षकी भइन् । उनीहरूले एक वर्षदेखि डेटिङ गरिरहेका थिए । 

एउटा कार्यक्रममा उनीहरूको भेटघाट भएको थियो । पछि मित्रता प्रेममा परिवर्तन भयो र डेटिङ गर्न थाले । अनि उनीहरूले विवाह गरे । 

जोनले दोस्रो विश्वयुद्ध लडिसकेका छन् । लगभग १० वर्षअघि उनकी पत्नीको निधन भएको थियो । फीलिसका पतिको चाहिँ १५ वर्षअघि मृत्यु भएको थियो । अनि उनी वृद्धाश्रममा बस्न थालिन् । 

भर्जिनियामा बस्ने फीलिस साउन २३ मा १०३ वर्षकी हुनेछिन् ।