जब २४ वर्षे युवतीले आफ्नै हजुरबासँग बिहे गरिन्

जब २४ वर्षे युवतीले आफ्नै हजुरबासँग बिहे गरिन्

अमेरिकाको फ्लोरिडामा एक २४ वर्षे युवतीले ६८ वर्षका वृद्धसँग बिहे गरिन् । कुनै गहिरो प्रेम बसेर वा बाध्यताले होइन उनले बिहे गरेको । ती वृद्ध निकै नै धनी रहेको थाहा पाएपछि उनले आफूभन्दा ३ गुणा जेठा वृद्धसँग बिहे गरेकी हुन् ।

मनग्गे सम्पत्ति भएको बुढासँग बिहे गरेपछि जीवनमा ऐश आराम गर्न पाइन्छ भन्ने लोभले ती युवतीले दुनियाँलाई तीनछक पार्नेगरी बिहे त गरिन् तर जब बिहेपछि जुन सत्यको पर्दा उघारियो त्यसले ती युवती सायद जीवनभर नपखालिने दाग बोक्न बाध्य भइन् ।

बिहेपछि वृद्ध लोग्नेको बारेमा जब उनलाई यथार्थ कुरा थाहा भयो, तब उनको विस्मातकाे सीमा रहेन । वास्तवमा जुन वृद्धसँग उनले पैसाको लोभमा परेर बिहे गरेकी थिइन् आखिरमा ती वृद्ध त उनकै हजुरबुवा पो रहेछन् ।

बिहेअघि ती वृद्धसँग उनको हल्का चिनापर्ची भएको थियो । दुवैजनाले राजीखुसीले बिहे गरे र मियामीस्थित गोल्डेन बिचमा रहेको वृद्धको घरमा रोमाञ्चक पलहरु बिताउन सुरु गरे । एकदिन जब ती बेहुलीले पतिको घरमा राखेको फोटो एल्बम हेरिरहेकी थिइन्, तब उनी झसँग भइन् । एल्बममा रहेको एउटा फोटोमा ती युवतीका बुवा पनि थिए । त्यसपछि आफ्ना बुवाको फोटो यहाँ कसरी आयो ? के तपाइँले वहाँलाई चिन्नुहुन्छ ? भनेर सोधिन् । ती वृद्ध पतिले जुन जवाफ दिए, त्यो अकल्पनीय थियो । वास्तवमा ती युवतीका पिता उनका लोग्नेकै छोरा रहेछन् । अर्थात् उनले आफ्ना साख्खै हजुरबुवासँग बिहे गरेकी रहेछिन् ।

आखिर हुने हुनामी भैसक्यो । उनीहरुले हजुरबुवा–नातिनीबीचको यस्तो पवित्र नातालाई धुमिल बनाइसके । अब प्रायश्चित गर्दै उनीहरु छुट्टिएलान् कि भन्ने अपेक्षा थियो । तर उनीहरु लोग्ने स्वास्नीकै सम्बन्धमा जीवन बिताउने निधो गरेका छन् ।

रोचक त के भने यी वृद्ध पनि केटी खेलाउने मामिलामा खुबै खेलाडी नै रहेछन् । उनको यो तेश्रो बिहे रहेछ । यी दुईको चिनजान डेटिङ वेबसाइटमार्फत भएको रहेछ । त्यसपछि उनीहरुबीच एक रेष्टुरेन्टमा भेटघाट भयो र सम्बन्ध अघि बढ्यो । ती वृद्ध ब्वायफ्रेण्ड निकै धनी रहेको थाहा पाएपछि युवतीले बिहेअघि नै आफ्नो शरीर सुम्पिसकेकी थिइन् ।

हुनत वृद्धसँग सम्बन्ध हुनु अगावै ती युवतीले अरु कुनै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरी गर्भवती भएकी रहेछिन् । अविवाहित छोरी गर्भवति भएको थाहा पाएपछि उनका बाबु आमाले उनलाई घरबाट निकालिदिएका रहेछन् । घरबाट निकालिएर जिवन चलाउनै गाह्रो परिरहेको बेलामा धनाढ्य वृद्धलाई प्रेमजालमा पारी उनले बिहे गर्न सफल भइन् । तर त्यसरी बिहे गरेको वृद्ध आफ्नै हजुरबा होला भन्ने कुरा चाहीँ उनले सायद कल्पना पनि गरेकी थिइनन् ।

समाचार अनुसार ती युवतीले आफ्ना हजुरबालाई जान्ने भएदेखि कहिल्यैपनि देखेकी रहेनछिन् । त्यसैले डेटिङ साइटमार्फत चिनजान भएर रेष्टुरेन्टमा भेटघाट गर्दा र सम्बन्ध अघि बढाएर बिहे गर्ने बेलासम्म पनि उनले आफ्नै हजुरबालाई चिन्न सकिनन् । हजुरबाले पनि आफ्नै नातिनीालई चिन्न नसक्दा पापको भागिदार हुनुपर्यो ।