प्रदेश तहबाटै चालक अनुमति पत्र छाप्न दिने निर्णय

प्रदेश तहबाटै चालक अनुमति पत्र छाप्न दिने निर्णय

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश तहबाट सवारी साधन चालक अनुमति पत्र लाइसेन्स छाप्न दिने निर्णय भएको बताएका छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिँदै उनले केन्द्रमा डाटा रहने गरी प्रदेशले पनि लाइसेन्स छापेर वितरण गर्न पाउने निर्णय भइसकेको जानकारी दिए । डाटा बेस केन्द्रमा आधार हुन्छ । प्रदेशले पनि लाइसेन्स छाप्न पाउने निर्णय भएको छ। साथै उनले राष्ट्रिय परिचयपत्रलाई ड्राइभिङ लाइसेन्स जोड्ने निर्णय भइसकेको पनि बताए । यसका लागि कार्य अघि बढिरहेको जानकारी दिए । राष्ट्रिय परिचयपत्र देखाएपछि देख्न सकिने ट्राफिकले पढ्न सक्ने खालको बनाउने काम भइरहेको छ । नागरिक एपसँग पनि क्युआर कोडसहित जोड्ने काम भइरहेको छ।