काठमाडौं। अक्टोबर महिनामा १ लाख २४ हजार पर्यटक नेपाल भित्रिएका छन्।
पर्यटकको यो संख्या कोरोना महामारीपछिका वर्षमा सबैभन्दा बढी हो भने अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो।कोरोना महामारीयताका वर्षमा सबैभन्दा पर्यटक भित्रिए पनि २०१९ को तुलनामा यो अझै कम हो।
अक्टोबर महिनामा भारतीय र अमेरिकी पर्यटक करिब उतिकै संख्यामा आएका छन्। भारतीय १६ हजार ३१३ जना आउँदा अमेरिकन १६ हजार २३ जना भित्रिएको पर्यटन बोर्डले संकलन गरेको तथ्यांकले देखाएको छ।
तेस्रो नम्बरमा बेलायतबाट ८ हजार १९ र चौथो चीनबाट ७ हजार ७५० पर्यटक भित्रिएका छन्। अस्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५, बंगलादेशबाट ४ हजार ४७६, श्रीलंकाबाट ३ हजार १२५ र इटालीबाट २.१२ छ।