काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा चालू आवमा नेपाल भित्रिने रेमिट्यान्स ११।५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो।
यस्तै खुद ट्रान्सफर पनि ४ खर्ब ४२ अबं ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षका पहिलो त्रैमासमा ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ खुद ट्रान्सफर थियो। यो वर्ष रेमिट्यान्स र खुद ट्रान्सफर दुवै बढेको छ।