टीकापुर घटनाका वादी प्रतिवादी साक्षीसहित जिल्ला अदालत कैलालीमा

टीकापुर घटनाका वादी प्रतिवादी साक्षीसहित जिल्ला अदालत कैलालीमा

धनगढी । टीकापुर हत्याकाण्ड घटनाका वादी प्रतिवादी साक्षीसहित जिल्ला अदालत कैलालीमा पहिलो पटक उपस्थिति भएका छन ।

घटना भएको तिन वर्षपछि साउन ३० गते भएको पहिलो पेशीमा अदालतले वादी प्रतिवादीलाई साक्षी लिएर आउन दिएको आदेश अनुरुप आईतवार वादी प्रतिवादी साक्षी लिएर अदालत पुगि हाजिर गरेका हुन । अदालतका अनुसार आईतवार वादीतर्फका ३५ र प्रतिवादीका तर्फबाट ५० जनाले अदालतमा उपस्थित भएर हाजिरी गरेका छन ।

अदालतका शाखा अधिकृत नारायण ओझाले वादी प्रतिवादीका गरि ८५ जनाले आईतवार अदालतमा हाजिर गरेको जानकारी दिनुभयो । 
अदालतलमा आईतवार हाजिर नभएकाले कारण सहित आएमा यसपछि पनि हाजिरी गर्न पाउने अदालतले जनाएको छ । त्यस्तै, साक्षीको बयान लिन आवश्यक ठानेमा हाजिर नभएकालाइ पनि अदालतमा बोलाईने बताईएको छ । आईतवार हाजिर भएका साक्षीहरुको आईतवार देखि नै बयान लिने कार्य सुरु गरिएको छ । आईतवार ३ जना वादी अर्थात मुद्धा दिने पक्षकाको बयान लिईएको छ । दिपक न्यौपाने, राधा बोहरा र जग बहादुर साउदको बयान लिईएको हो । बयान लिने कार्य असोज १२ गतेसम्म चल्ने समेत उहाँले जानकारी दिनुभयो । यसपछि दैनिक ५ जनाको दरले बयान लिने कार्य गरिने र सोही अनुसार तारिक तोकेर प्रत्येक दिन बयानका लागि पाँच जनालाई बोलाईने अदालतका श्रेष्तेदार ईन्द्र बहादुर कठायतले जानकारी दिनुभयो । 
उहाँका अनुसार वादी र प्रतिवादीका साक्षीहरुको बयान लिन कम्तीमा १५ दिन लाग्ने छ । त्यसपछि नियमित पेशी हुनेभएकाले चाडै मुद्धाको फैसला हुने श्रेष्तेदार कठायतले बताउनुभयो । 
थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । २ नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । घटनामा सग्लन अझै ३२ जना फरार रहेको प्रहरीले जनाएको छ ।