अटेरी कैलालीका यातायात व्यवसायी समितीहरु

अटेरी कैलालीका यातायात व्यवसायी समितीहरु

धनगढी । कैलालीका यातायात समितिले दायित्वको बिबरण बुझाउन अटेरी गरेका छन । संघ संस्था ऐन २०३४ अनुरूप दर्ता भएका यातायात समितिहरु लाई दायित्वको बिबरण पठाउन जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन यातायात समितिहरुले टारिदिएका छन् ।

सूचनाको समय सिमामा १० वटा समिति मध्ये २ वटा समितिले मात्रै बिबरण पेश गरेका छन् । जिल्ला प्रशासान कार्यालयले जेठ २ गते १५ दिने सूचना जारी गरि सम्पति बिबरण बुझाउन निर्देशन दिएको थियो । त्यो बेला हतार हतारमा सम्पति बिवरण बुझाएका कैलालीका ब्यवसायीहरुले साउन १८ गतेको सूचनाको भने अटेरी गरिदिएका छन । कैलालीमा १० वटा यातायात समिति रहेपनि दुई वटा समितिले मात्रै दायित्वको बिबरण बुझाएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताउनु भयो । 

प्रशासनले दायित्वको बिबरण बुझाउन दिएको निर्देशन कैलालीको सुदूरपश्चि यातायात ब्यवसायी समिति र कर्णाली रिभर यातायात समिति बाहेक अन्यले बुझाएका छैनन् । सरकारलाई असहयोग गर्ने गरि ब्यवसायीले बिबरण नबुझएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । उनीहरुको बिषयमा गृह मन्त्रालयमा जानकारी गराउने र गृह मन्त्रालयबाट कारबाही प्रकृया अघि बढ्ने उहाँले बताउनु भयो । 

सुदूरपश्चिम यातायात ब्यवसायीसघ, मालिका यातायात व्यवसायी संघ, कर्णाली रिभर साइड यातायात व्यवसायी संघ, सेती महाकाली ट्रक यातायात व्यवसायी संघ, सुदूर पश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी संघ लगाएत १० वटा यातायात ब्यवसायी समिति कैलाली जिल्लामा दर्ता भएका छन् । तर उनीहरु मध्य दुई वटा समितिले मात्रै जिल्ला प्रशासन कार्यालयका अनुसार दायित्वको बिबरण पेस गरेका छन् । उनीहरुको बिबरणको छानबिन पछि रकम भुक्तानि गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो । 

सिण्किेटको अन्त्यका लागि आक्रामक रुपमा अघि बढेको सरकार समयक्रम अनुसार नरम रुपमा प्रस्तुत हुदा सिण्डिकेटधारी ब्यवासयीहरुलाई प्रोत्साहन मिलिरहेको छ ।