काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक जना सदस्यले राजीनामा गरेका छन् ।
निर्मला पन्तको अनुसन्धानका लागि गठित उच्चस्तरिय छानबिन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवम् समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएको घोषणा गरेका हुन्।
उनले काठमाडाैँमा पत्रकार सम्मेलन गरेर अब आफू समितिमा नरहेको बताए । समितिले गरेको छानबिनले निर्मलाले न्याय पाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि आफूले राजीनामा दिएको उनले बताए ।
आफूले हुलाकमार्फत समितिमा नबसेको जानकारी सरकारलाई गराएको उनले जानकारी दिएका छन् ।
उनले निर्मलाले न्याय पाउनेमा शंका लागेकोले समितिबाट अलग भएको घोषणा गरेका हुन् ।