धनगढी : दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक बुहारी लाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामिलाई बुहारी बलात्कारको आरोपमा पक्राउ गरेको हो ।
प्रधानाध्यापक धामीले बुहारीलाई २०७१ सालमा दार्चुलाको गोकुलेश्वरको एक होटल र गत अषाढमा पुनः अत्तरीया स्थीत आफ्नै घरमा बलात्कार गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरीएको प्रहरीले जनाएको छ । पीडित एकल महिला हुन् ।
विहे गरेको १ वर्षमा श्रीमानको मृत्यु भएपछि ति महिला परिवारको सहारामा बस्दै आएकी थिइन् ।
पीडित महिलाले ससुराले पटक पटक बलात्कार गर्ने गरेको र कसैलाई भने मार्ने धम्की दिने गरेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छन् ।
आरोपित शिक्षक धामी लाई जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिने म्याद थप गरेर अनुसन्धान गरीरहेको जनाएको छ ।