प्रदेश सभा ब्यवस्थापनका सम्बन्धमा लेखा समितिमा छलफल

प्रदेश सभा ब्यवस्थापनका सम्बन्धमा लेखा समितिमा छलफल

धनगढी : प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सभाको ब्यवस्थापनलाई लिएर सचिवालयसित छलफल गरेको छ । समितिले बिहीबार प्रदेश सभा सचिवालयका सचिव र लेखा प्रमुखसित छलफल गरेको हो ।

लेखा समितिले गरेको छलफलमा प्रदेश सभाका बिषयगत समितिहरु ब्यवस्थित हुन नसकेको, संसदीय दलका कार्यालयहरु ब्यवस्थित हुन नसकेको र सांसदहरुको ज्ञान बढाउन आवश्यक अध्ययनका लागि पुस्तकालयको ब्यवस्थापन हुन नसकेको बिषय उठेका छन् ।

बैठकमा समितिका सदस्य भरत बहादुर खड्काले प्रदेश सभाका बिषयगत समितिहरु चुस्त र दुरुस्त बनाउन नसकिए प्रदेश सभा प्रभावकारी बन्न नसक्ने बताउनुभयो । उहाँले मिनि संसदका रुपमा रहेका संसदीय समिति र् संसदीय दलका कार्यालयहरुमा कर्मचारीको ब्यवस्थापन हुन नसकेकोले सचिवालयले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

लेखा समितिका सदस्य अमर साउँदले बिभिन्न बिषयमा आवश्यक जानकारी लिन प्रदेश सभा सचिवालयमा पुस्तकालयको ब्यवस्था गर्ने बजेट हुँदा हुँदै पनि ब्यवस्थापन हुन नसकेकोले त्यसलाई ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सभाको बैठक चलिरहँदा नियमित रुपमा विद्युत आप्र्ति नहुँदा समस्या हुने गरेकोले त्यसको ब्यवस्थापनमा पनि धयन दिन माग गर्नुभयो ।

समितिका अर्का सदस्य कर्ण बहादुर मल्लले लेखा समिति आफै ब्यवस्थित हुन नसकेको बताउन्ुभयो । उहाँले समितिको बैठक राख्दा आमन्त्रित रुपमा कसैले बोलाउँदा बस्ने ठाउँ नपुग्ने भएपछि अर्को समितिको बैठक कक्ष प्रयोग गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । साँघुरो कक्ष भएका कारण लेखा समितिका अधिकांश बैठक विधायन तथा प्रदेश मामिला समितिको कक्षमा हुने गरेका छन् ।  

सांसद बलदेब रेग्मीले प्रदेश सभामा समंसदहरुले बोलेको कुरा अडियोमा मात्रै होइन, भिडियोमा समेत रेकर्ड गर्ने ब्यवस्था मिलाउन माग गर्नुभयो । सांसद मानबहादुर धामीले प्रदेशको नया राजधानीमा जान समय लाग्ने भएकोले स्थायीखालका संरचनाहरु निर्माण गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

“हामी १० बर्ष अmभैm धनगढीमा बस्नुपर्ने अवस्था छ, त्यसैले कोच्चिएर साँघुरो ठाउँमा बस्नुभन्दा ब्यवस्थित गर्नुपर्छ”– धामीले भन्नुुभयो । छलफलमा सांसदहरुले बोलिसकेपछि प्रदेश सभाका सचिव रामसिंह धामीले यस अघि संघीय सरकारबाट खटिएका कर्मचारीस् आएको र कामको स्वामित्व लिने भन्दा पनि आएकै दिनदेखि सरुवाको खोजीमा रहने गरेका कारण समस्या आएको बताउनुभयो ।

अब ५ बर्षका लागि आफु नियुक्त भएको र पाँच बर्ष सम्म स्वामित्व लिएर काम गर्ने र नियम अनुसार सबै बिषय ब्यवस्थापन गर्ने गरी काम थाल्ने बताउनुभयो । समितिले बिहीबारको छलफलका लागि सभामुख र उप सभामुखलाई पनि आमन्त्रण गरेको थियो ।

समितिका सभापति कुमारी नन्दा बमले सभामुख र उप सभामुखलाई बैठकमा आमन्त्रण गर्रपनि उहाँहरु नआउनुभएपछि प्रदेश सभाका सचिव रामसिंह धामी र लेखा प्रमुख तीर्थराज ओझासित छलफल गरेको जानकारी दिनुभयो ।