पुनर्वासमा हात्तिको बथान भित्रियो , सतर्कता अपनाउन  वन कार्यालयको सल्लाह

पुनर्वासमा हात्तिको बथान भित्रियो , सतर्कता अपनाउन  वन कार्यालयको सल्लाह

 

कञ्चनपुरको दक्षिणी सिमान्त क्षेत्र पुनर्वासको पुर्वी सिमामा रहेको भारतीय दुधुवा राष्ट्रिय निकुञ्ज बाट निस्केको जंगली हात्तिको बथान साेमवार राती पुनर्वास नगरपालिकाको वडा नम्बर १० स्थित दोंदा नदीको बगर हुँदै प्रवेश गरेको छ ।

दोंदा नदीको बगर हुँदै पुनर्वासमा प्रवेश गरेका करिब ५० र ६० को संख्यामा आएका जंगली हात्तिको बथानले  पुनर्वास नगरपालिका १० स्थित बिकासबस्तीका कृषकहरुको धान बाली नष्ट गर्न थालेको कुण्डा सेक्टर वन कार्यालयका सहायक वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयाे । जंगली हात्तिको बथानबाट हुन सक्ने क्षेतिबाट जोगिन स्थानियलाई सावधान रहन सहायक वन अधिकृत यादवले बताएका छन् । केही दिन अघि  भारतीय निकुञ्ज बाट आएको जंगली हात्तिको बथानले पु.न.पा ९ का १८ जना कृषकको करिब ११ बिगाहा धानबाली नष्ट गरेको थियो ।