निर्मला बलात्कार र हत्या प्रकरण : दिलिपसिंह विष्टसगै बम दिदीबहिनी पनि छुटे

निर्मला बलात्कार र हत्या प्रकरण : दिलिपसिंह विष्टसगै बम दिदीबहिनी पनि छुटे

महेन्द्रनगर : कन्चनपुरको भिमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त  प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाईएका दिलिपसिंह विष्ट अदालत नपुग्दै छुटेका छन । 

सरकारी वकिल कार्यालयले उनलाई हाजिरी जमानीमा छाडेको हो । यसैगरि स्थानीयको प्रदर्शनपछि नियन्त्रणमा लिईएका बम दिदीबहिनीलाई पनि सरकारी वकिल कार्यालयले छाडेको छ । 

१४ वर्षीय रोशनी बमलाई हाजिरी जमानीमा छाडिएको छ भने दिदी १८ वर्षीय बबिता बमलाई ३० हजार धरौटीमा छाडिएको छ । गत साउनको दोस्रो साता कन्चनपुर १४ वर्षीय निर्मला साथी रोशनीको घरमा गएको भोलिपल्ट हत्या गरिएको अवस्थामा भेटिएकी थिइन । 

कन्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले तिनै जनालाई सरकारी वकिल कार्यालयले छाडेको जानकारी दिनुभयो । प्रहरीको रायमा उनिहरुलाई छाडिएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब एक महिनाको अनुसन्धानपछि विष्ट नै निर्मलाको हत्यारा भएको भन्दै सार्वजनिक गरेको थियो । तर प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि तत्कालिन कन्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी केन्द्र तानिएका थिए । 

सो क्रममा प्रहरीको गोली लागेर सन्नी खुनाको ज्यान गएको थियो एक दर्जन घाईते भएका छन । उनीहरुको उपचार भईरहेको छ । 

गृह मन्त्रालयले घटनाको छानविन गर्न छानबिन समिती नै गठन गरिसकेको छ । तर छानविन निष्पक्ष हुने र निर्मलाका आफन्तले न्याय पाउनेमा आशंका व्यक्त गर्दै छानविन समितीका एक सदस्यले सोमबार राजिनामा दिएका थिए । 

तत्कालिन एसपी निलम्बनमा परिसकेका छन भने घटनाको अनुसन्धानका लागि विभिन्न समिति र जिल्ला नेतृत्व परिवर्तन गरिएपनि अझै अपराधि भने पत्ता लागेको छैन ।