कैलालीमा बलात्कार विरुद्ध कालो तीज  !

कैलालीमा बलात्कार विरुद्ध कालो तीज  !

धनगढी : कैलालीका महिला अधिकारकर्मीहरुले यस वर्ष बलात्कार विरुद्ध कालो तीज मनाएका छन् । 

यस वर्ष बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएको र निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाहरुले यस वर्षको तीजलाई कालो तीजका रुपमा मनाएका हुन् । 

तीजकै अवसरमा धनगढीबाट प्रकाशित हुने मर्निङबेल दैनिकले मंगलबार धनगढीमा आयोजनामा गरेको ‘महिलाअस्मिताको सवाल’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा महिलाअधिकारकर्मीहरुले हत्या, हिंसा र बलात्कारका घटना न्युनिकरणमा बल पुगोस् भनेर यस वर्षको तीजलाई कालो तीजका रुपमा मनाइएको बताए । 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले महिलाहरुले पछिल्लो समय महिला माथि भएका जघन्य अपराधिक घटनाक्रमका कारण वर्षको एक दिन मनाउने तीजलाई पनि कालो तीजका रुपमा मनाउनुपर्ने स्थिति आएको बताईन । 

यसरी तीजलाई कालो तीजका रुपमा मनाउँदा यस्ता अपराधिक क्रियाकलाप नियन्त्रणका लागि दवाव पुग्ने धारणा राखिन । 

महिला अधिकारकर्मी शान्ति अधिकारीले प्रदेश नम्बर ७ मा महिलाहरुमाथि बढ्दै गएको जघन्य अपराधले महिलाहरुलाई गम्भीर बनाएर सोच्न बाध्य बनाएको बताईन । 

महिला अधिकारकर्मी निर्मला बाग्चन्दले सञ्चारमाध्यमले महिलाहरुलाई आफ्नो बाच्नपाउने अधिकारकालागि लड्नका लागि जागरुक बनाउन थालेको अभियान सरकात्मक भएको धारणा राखिन ।